नेकपा अध्यक्ष प्रचण्डद्वारा क्यान्सर पीडित नेता श्रीनाथ अधिकारीसँग भेट

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०७५, १२ : ५६
नेकपा अध्यक्ष प्रचण्डद्वारा क्यान्सर पीडित नेता श्रीनाथ अधिकारीसँग भेट

चितवन : पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्सरबाट पीडित नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीसँग भेट गर्नुभएको छ ।
बिहिबार भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत अधिकारीको अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिनु भएको हो ।
अधिकारीको स्वास्थ्य अवस्थाको बारे अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आर्चायले अध्यक्ष दाहाललाई जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले क्यान्सरका विरामीलाई प्रभावकारी, गणस्तरीय सेवा दिन अस्पताललाई आग्रह गर्नुभयो । उहाँले नेता अधिकारीसँगै अन्य क्यान्सरका विरामीहरुसँग भेट गर्नुभयो ।
घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शंका गरी पोखराले १९ पौषमा थप उपचारको लागि भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो अहिले । उहाँको उपचारमा संलग्न डा खगेन्द्र देवकोटाका अनुसार अस्पतालमै केमो थेरापी भईरहेकोे छ । उहाँ गोरखाको कम्युनिष्ट आन्दोलनको संस्थापक नेता समेत हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस