विप्लव नेतृत्वको नेकपाका ४ जना नेता कार्यकर्तालाई पक्राउ

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०७५, ०७ : ४६
विप्लव नेतृत्वको नेकपाका ४ जना नेता कार्यकर्तालाई पक्राउ

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका ४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । छत्रदेव गाउँपालिका ७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको आरोपमा विप्लपका ४ कार्यकर्ता जिल्लाको छत्रदेव गाँउपालीका बाट उनिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनु भयो ।

पक्राउ पर्नेमा जिल्ला जन परिषद प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का, लुम्बिनी ब्युरो सदस्य पुर्ण सिंह र जाजरकोट जिल्ला पार्टी सदस्य शिवलाल पुन रहेका छन् ।

जिल्ला अदालत अर्घाखाँचीमा दायर गरिएको मुद्दा फिर्ता लिन नमानेपछि भीमलाललाई कुटपिट गरेको प्रहरी प्रमख मल्लले बताउनु भयो । कुटपिटमा संलग्न रहेका ४ जना पक्राउ परे पनि अन्य ४ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।   

 

प्रतिक्रिया दिनुहोस