रवि लामिछानेलाई पूर्वपत्नीले बधाई दिँदै भनिन्,– ‘नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नु’

सफल खबर संवाददाता

सोमबार, ०७ माघ २०७५, १८ : ४८
रवि लामिछानेलाई पूर्वपत्नीले बधाई दिँदै भनिन्,– ‘नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नु’

चितवन । पत्रकार रवि लामिछाने र चलचित्र विकास वोर्डकी अध्यक्ष निकीता पौडेलबीच  कानुनी विवाह भएपछि रविकी पूर्वपत्नी इशा लामिछानेले रवि लामिछानेलाई बधाई दिएकी छिन् । 

इशाले विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस् भन्ने कामना गरेकी छन् । उनले भविष्यमा नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्न पनि अग्रह गरेकी छिन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको ईशाको प्रतिक्रिया छ ।

पूर्वपति रविले अर्को बिहे गर्नका लागि नै आफूसँग डिभोर्स गर्नुभएकोले आश्चर्य नलागेको इशाको भनाइ छ ।

कानूनीरुपमा रवीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहेको इशाले बताइन् । उनले भनिन्, ‘मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहने छ ।’ 
केही दिन अघिमात्र ईशा र रविको सम्बन्ध विच्छेद भएको थियो । ईशा हाल दुई छोरीहरुसहित अमेरिकामा छिन् ।

यो पनि
इशासँगको डिभोर्सपछि रविले गरे निकीतासँग विहे 

प्रतिक्रिया दिनुहोस