नेपाली कांग्रेस चितवनका पुराना नेता नेकपामा प्रवेश, अध्यक्षद्वय ओली र प्रचण्डद्वारा पार्टीमा स्वागत

सफल खबर संवाददाता

शनिबार, ०५ माघ २०७५, १७ : १६
नेपाली कांग्रेस चितवनका पुराना नेता नेकपामा प्रवेश, अध्यक्षद्वय ओली र प्रचण्डद्वारा पार्टीमा स्वागत

काठमाडौं । पूर्व सांसद एवम नेपाली कांग्रेस चितवनका पुराना नेता तीर्थराज भुसाल नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गर्नुभएको छ । 
शनिबार एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा भुसाल सत्तारुढ नेकपा प्रवेश गर्नुभएको हो । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल, महासचिब विष्णु पौडेल लगायतका नेताहरुले नेकपामा प्रवेश गराउनु भयो । 
चितवनस्थित माडी नगरपालिका का नेता भुसाल नेपाली कांग्रेस चितवनका पुराना नेता हुनुहुन्छ । विस २०४९ मा नेपाली कांग्रेस चितवनको सभापति हुनुभएका भुसाल २०५१ सालमा माडीसहितको प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुनु भएको थियो ।
पार्र्टी प्रवेश अगाडि पूर्वप्रधानमन्त्री एव नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भुसालले नेकपाका नेता नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाल, पूर्व शिक्षामन्त्री डिआर पौडेल, नेकपा चितवनका नेताहरु ईश्वरी भट्टाराई ,लीला आचार्य,ओमनाथ पाण्डे,ऋषी काफ्ले लगायतसँग छलफल गर्नु भएको थियो । 
छलफलका क्रममा नेता भुसालले नेकपा नेतृत्वको वर्तमान सरकारका अगाडि इतिहासकै सबैभन्दा बढी सम्भावना र चुनौती रहेको धारणा राख्नुभयो  । सरकारलाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको उहाँको भनाई छ  । 
भुसाल माडी क्षेत्रको विकासको मूख्य टर्नीङ प्वाइन्ट ‘राप्ती पुल’का पहलकर्ताका रुपमा यहाँ लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।
 

प्रतिक्रिया दिनुहोस