घोलमा डुबेर एक गैँडांको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०७५, ०८ : ०९

चितवन ।  गैँडाले मानिसलाई आक्रमण गर्ने क्रममा केरुङगा खोलाको घोलामा डुबेर एक २५ बर्षीय पोथी गैँडा मरेको छ । 
भरतपुर महानगरपालिका २४ जगतपुरका ६१ बर्षीय रहरसिहं घलानलाई शुक्रबार साँझ गैँडाले पछाउदै आक्रमण गर्दै जादाँ ६० मिटरको घोल खोचमा परेर गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । घलानको भरतपुर स्थित अलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर उपचार भईरहेको छ । गैँडा मरेको स्थानमा बेलहट हरिहर सामुदायिक वन क्षेत्र पर्छ । गैँडाले मनिसलाई लखेट्ने बेला आखाँ आकाशतर्फ हेर्न भएकाले खाल्डो नदेखेर खोचमा परेको ढकालल बताउनुभयो ।
घोलमा डुबेको गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको चिकित्सक र हात्तीसहितका टोेलीले उद्धार गर्दागर्दै गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा यस बर्ष २० वटा गैँडा मरिसकेका छन् । गत बर्ष विभिन्न कारणबाट २४ गैँडा मरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस