चोरी र पाकेट मारमा संलग्न  ७७  जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०७५, १९ : २०
चोरी र पाकेट मारमा संलग्न  ७७  जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ  । 
२० दिन सम्म गरेको अपरेशनमा सार्वजनिक सवारीमा चढेर चोरी र यात्रुको पाकेट मार्ने गरेको आरोपमा  ७७ जना पक्राउ परेको  महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले बताए । समुह बनाएर सार्वजनिक सवारीमा चढेर लुटपाट गर्नेलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको हो । सादा पोषाकमा क्यामेरासहित खटिने प्रहरीले चोरी गर्ने र पाकेट मार्नेको पहिचान गरेका थिए ।
सार्वजनिक यातायातालाई सुरक्षित बनाउन प्रहरी अभियानकै रुपमा चोरी र पाकेटमारी गर्नेलाई पक्राउ गर्ने अभियान चलाएको हो ।
पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस