नारायणगढ-बुटवल सडकखण्ड चार लेनको बनाइने

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, १७ : ०८
नारायणगढ-बुटवल सडकखण्ड चार लेनको बनाइने

काठमाडाैं । एडीबीको ऋण सहयोगमा  नारायणगढ-बुटवल सडकखण्ड चार लेनको बनाइने भएको छ । अहिले दुई लेनमा रहेको यो सडक स्तरोन्नति सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयले गर्न लागेको निर्देशनालयका उपआयोजना निर्देशक सुरेस पौडेलले जानकारी दिएका छन् ।

सडक विस्तारका लागि एडीबीले ऋण सहयोग गर्नेछ । एडीबीले कुल लागतको ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने, बाँकी अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ । एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउन लागेको हो । 

सडकको दायाँ र बायाँ साढे ६/६ मिटरको सर्भिस लेन हुनेछ । साथै सडकको दायाँ र बायाँ दुई/दुई मिटरको फुटपाथ निर्माण गरिनेछ ।  
नारायणगढ–बुटवल सडक खण्डलाई तीन भागमा विभाजन गरि स्तरोउन्नती गरिने निर्देशक पौडेलले बताए । जसमा सहर, जंगल तथा ग्रामीण र पहाड तीन खन्डमा विभाजन गरिएको छ ।  

सहरी क्षेत्रमा कत्रो सडक ?
उक्त सडक खण्डमा सहरको हिस्सा २८.७ किलोमिटर छ । सहरी क्षेत्रमा सडक ४३ मिटरसम्म फराकिलो हुनेछ । विस्तारित सडक दुईतर्फ सात/सात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ । 

सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइने छ । सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ समेत निर्माण हुनेछ । सडकको दायाँ र बायाँ साढे ६/६ मिटरको सर्भिस लेन हुनेछ । साथै सडकको दायाँ र बायाँ दुई/दुई मिटरको फुटपाथ निर्माण गरिनेछ । 

जंगल तथा ग्रमिण क्षेत्रमा
जंगल तथा ग्रामीण क्षेत्रमा सडकको चौडाइ २७ मिटरको हुनेछ । विस्तारित सडक दुईतर्फ सात/सात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ । सडकलाई एक अर्काबाट छुट्याउनका लागि तीन मिटरको मेडियनसमेत बनाइने छ ।

पहाडी क्षेत्र 
पहाडी क्षेत्रमा भने तीन लेनको मात्र सडक निर्माण गरिनेछ । लेन साढे तीन मिटरकै हुनेछ । उकालो चढ्ने सवारीका लागि दुई लेन र ओरालो झर्ने सवारीका लागि एक लेन मात्र निर्माण गरिनेछ । 

कर्पोरेसनले नारायणगढ–दाउन्ने सडकखन्ड स्तरोउन्नती गर्न व्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडक खण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो । 
सडकको भौगलिक जटिलताका कारण पहाडी क्षेत्रमा तीन लेन मात्र बनाउन लागिएको निर्देशनालयले जनाएको छ । यस भागमा सोल्डरको चौडाइ ०.७५ मिटर मात्र हुनेछ । 

चाइना स्टेटले निर्माण गर्ने 
नारायणगढ–बुटबल सडक खण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयले उक्त सडकखण्ड विस्तारका लागि आव्हान गरेको बोलपत्रमा चीनको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले न्युन अंक कबुल गरेर ठेक्का प्राप्त गर्ने पक्का भएको छ । 

कर्पोरेसनले नारायणगढ–दाउन्ने सडकखन्ड स्तरोउन्नती गर्न व्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडक खण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो । 

निर्देशक पौडेलका अनुसार,  निर्देशनालयले कर्पोरेसनसँग ठेक्का प्रक्रिया अघि बढाएको छ र  यही डिसेम्बर भित्रमा ठेक्का सम्झौंतगरी निर्माण कार्य अघि बढाउनेसमेत तयारी भइरहेको छ । निर्माण प्रक्रिया अघि बढेको साढे तीन वर्षमा सडक विस्तार पुरा गर्ने लक्ष्य राखिएको छ ।

निर्देशनालयले उक्त सडक खण्ड स्तरोउन्नती गर्नका लागि २०७५ बैशाख ७ गते बोलपत्र आव्हान गरेको थियो । दुवै पकेटमा नौ/नौ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस