काठमाडौं । सर्वोच्च अदालतमा १५ हजार ५ सय २१ मुद्दा छिनोफानो भएको पाइएको छ । सर्वोच्च अदालतमा नयाँ र पुराना गरी ४१ हजार २ सय ४९ मुद्दामध्ये आर्थिक वर्ष २०८०-८१ मा सो संख्या मुद्दा फस्र्यौट भएको सर्वोच्च अदालतले हालै राष्ट्रपतिसमक्ष बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा १२ हजार ८ सय १७ नयाँ मुद्दा परेका थिए भने २८ हजार ४ सय ३२ छिन्न बाँकी पुराना मुद्दा थिए । सर्वोच्च अदालतको पछिल्लो वर्षमा विचाराधीन मुद्दाको संख्या र फस्र्यौटको संख्याबीच सर्वोच्चले ३७ दशमलव ३७ प्रतिशत मुद्दा फस्र्यौट गरेको थियो । हरेक वर्ष मुद्दाको चाङ बढ्दै जाने र त्यसको तुलनामा मुद्दाको सुनुवाइ र छिनोफानोको गति कम रहेपछि २०७९-०८० को तुलनामा गत आर्थिक वर्षमा मुद्दाको फस्र्यौट २१ दशमलव ६४ प्रतिशतले बढी रहेको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चको मुद्दा फस्र्योट दर आर्थिक वर्ष २०७८-७९ मा १८ र २०७७-७८ मा १४ प्रतिशत हाराहारी थियो । सर्वोच्चमा पाँच वर्ष वा त्योभन्दा पुराना मुद्दा १५ हजार १ सय ४६ थान थिए । त्यस्ता पुराना ११ हजार ९ सय ७७ मुद्दा अर्को वर्षका लागि सरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ चैत्र २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा सांसद अन्सारीको रिट दर्ता
सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता
बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश
प्रधानन्यायाधीश र न्यायाधीशको नयाँ मर्यादाक्रम निर्धारण गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)
पूर्वन्यायाधीश वस्तीको निधनमा सर्वोच्चका सबै पेसी स्थगित