काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।
आज एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । दुवै खेलहरू ९ बजे सुरु हुनेछन् ।
बागमती प्रदेशले हालसम्म २ खेल खेल्दा दुवैमा फराकिलो अन्तरको हार व्यहोरेको छ भने सुदूरपश्चिमले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपाल पुलिस क्लब र एपीएफ भने २ खेलमा २ जितका साथ आमनेसामने हुँदै छन् ।
अहिलेसम्म ३ खेलमा ३ खेल जितेको त्रिभुवन आर्मी क्लब ६ अंकका साथ अंकतालिकामा शीर्षस्थानमा छ । एपीएफ, पुलिस र लुम्बिनी प्रदेश समान ४ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् भने मधेश, कर्णाली, सुदूरपश्चिम र गण्डकी क्रमश: पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् । अंकविहीन बागमती र कोशी नवौं र १०औं स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य