गणेशस्थानको महायज्ञको चौथो दिन १ करोड २० लाख संकलन

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०७५, १९ : ०१
गणेशस्थानको महायज्ञको चौथो दिन १ करोड २० लाख संकलन

चितवन । गणेशस्थानलाई गणेशधाम बनाउने अभियानका साथ जारी महायज्ञको चौथो दिनमा १ करोड २० लाख ९ सय ३१ रुपैया संकलन भएको छ । 

पछिल्लो समय दाताहरु आउनेक्रम र महायज्ञमा आएर खुसी मनका साथ दान गर्ने दाताहरु बढ्दै गएको महायज्ञ मुल आयोजक समितिका महासचिव रविन्द्र बरालले जानकारी दिनु भयो । चौथो दिनको महायज्ञमा गणेशथान टोल बिकास संस्थाले १२ लाख रुपैया दान गरेको छ भने कैलाश टोल बिकास संस्थाले ११ लाख ५५ हजार ५ सय ५५ रुपैया, धनबल्लभ अधिकारीले ११ लाख ५१ हजार १ सय ११ रुपैया, सहयोग गरेको छ भने शर्मिला सेढाईले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गर्नुभएको छ । उद्योगी व्यवसायी एवंम समाजसेवी उमाशंकर अग्रवालद्धारा ५ लाख ११ हजार १ सय ११, पवित्रलाल चुके सर्जु चुके र शिवप्रसाद द्वा, पूर्णलक्ष्मी द्वाले ५ लाख १ हजार, शान्तराज बतास र दयालक्ष्मी बतास चुकेद्वारा ५ लाख १ हजार, भरतपुर अस्पतालका वरिष्ठ फिजीसियन डाक्टर भोजराज अधिकारीले ३ लाख ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको मुल आयोजक समितिका कोषाध्यक्ष सन्तोष पन्तले जानकारी दिनुभयो । 

त्यसैगरी भरतपुर ११ का युवा नेता अविरल पोख्रेलले २ लाख २२ हजार २ सय २२, बुद्धीप्रसाद श्रेष्ठले १ लाख ५१ हजार १ सय ५१ रुपैया दान गर्नुभएको छ  भने गणेशस्थान सहकारी संस्था गणेशस्थान मन्दिर क्षेत्र सरक्षण तथा सम्बर्दन समितिका उपाध्यक्ष राजन श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैया, प्याप्सन चितवनको तर्फबाट १ लाख ११ हजार १ सय ११ त्यसैगरी मन शिक्षा ईग्लीस वोडीङ्गबाट १ लाख  ११ हजार १ सय ११ रुपैया सहयोग भएको पन्तले जानकारी दिनुभएको छ । 
 

प्रतिक्रिया दिनुहोस