भरतपुरमा खुल्यो युबी सेनिटरी एण्ड सेरामिक्स

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०७५, १४ : ३३
भरतपुरमा खुल्यो युबी सेनिटरी एण्ड सेरामिक्स

चितवन । भारतीय कम्पनी भरमोरा ग्रेनिटो प्रा.लि. को पहिलो शोरुमका रुपमा चितवनको भरतपुरमा युबी सेनिटरी एण्ड सेरामिक्स सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान र भरमोरा कम्पनीका बिक्री तथा बजार महाप्रबन्धक दिलीप चन्दवानीले बुधबार एक समारोहबीच शोरुमको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
युबी सेनिटरीका सञ्चालक अशोक उप्रेतीले शोरुमबाट भरमोरा ब्राण्डका उच्चस्तरीय टायल, सेरामिक र सेनिटरी सामानको बिक्री सुरु गरिएको बताउनु भयो । उहाँले बाथरुम फिटिङका उच्चस्तरीय सामान खरिद गर्न अब काठमाडौं, भारत वा चीन जान नपर्ने दाबी गर्नुभयो । शोरुम निर्माणमा ४० लाख रुपैयाँ लगानी भएको उहाँले जानकारी दिनुभयो । भरमोरा कम्पनीका दिलीप चन्दवानीले नेपालबाट ठूलो व्यावसायिक सम्बन्ध स्थापित हुने आशा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपालका अन्य तीन ठाउँमा शोरुम खोल्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस