दियालो बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १९ : ०६
दियालो बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

चितवन । दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–१, नारायणगढ, चितवनको २० औं वार्षिक साधारण सभा तथा १५ औँ अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । साधारण सभाले जीवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्णबहादुर श्रेष्ठ, सचिवमा भिमनारायण श्रेष्ठ, कोषाध्यक्षमा राकेश कर्मचार्य र सदस्यहरुमा शंकर सुवेदी, सावित्री ढकाल, भद्रबहादुर कुँवर, रविन प्रधान, कमला थापा, सुदिप कर्मचार्य, सुधिर श्रेष्ठ रहेका छन् । समितिले लेखा समिति संयोजकमा रवि कुमार प्रधान र सदस्यहरुमा रामेश्वर महतो र सरोज अर्याललाई चयन गरेको छ । समितिको पहिलो बैठकले तीन सदस्यीय ऋण कमिटि गठन गर्ने निर्णय गरेको छ । 

संस्थाका अध्यक्ष देवनाथ शर्मा कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रतिनिधि रामबाबु पौडेल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव भिमनारायण श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पूर्णबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा संस्थाका उपाध्यक्ष कृष्ण खनालले स्वागत मन्तव्य तथा संस्थाका पूर्व अध्यक्षहरु रविकुमार प्रधान र केदारनाथ खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस