योगदानमा आधारित सामाजिक सुरक्षा अन्र्तक्रिया चितवनमा सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०७५, १९ : ३४
योगदानमा आधारित सामाजिक सुरक्षा अन्र्तक्रिया चितवनमा सम्पन्न

चितवन । शुक्रबार भरतपुरमा योगदानमा आधारित सामाजिक सुरक्षाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको छ ।
ह्युमन रिसोर्सेस सोसाइटि नेपालको आयोजना र बोष्टन ईन्टरनेशनल कलेज भरतपुरको सहयोगमा विद्यार्थी, व्यवसायी एवं रोजगारदाताहरुलार्इ नयां सामाजिक सुरक्षा ऐन २०७४ र नियमावलि २०७५ को बारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा निरिक्षक सुजन जोजीजुले भदौ १९ गते आएको नयां श्रम ऐन अनुसार अबको उत्पादनहरु सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने बताए ।

श्रम ऐन अनुसार एक जना श्रमिकलार्इ मासिक न्युनतम ८ हजार ४ सय ५५ रुपैंया पारिश्रमिक र महंगी भत्ता ४ हजार ९ सय ९५ रुपैयाँ हुनुपर्ने प्रावधान छ । रोजगारदाताले प्रत्येक श्रमिकको आधारभुत पारिश्रमिकबाट दश प्रतिशत रकम कट्टा गरी सो रकममा शत प्रतिशत रकम थप गरी सञ्चय कोष बापतको रकम जम्मा गर्नुपर्ने उनको भनाइ छ ।

ऐन शुरु हुनुअघि सञ्चय कोष रकम जम्मा नहुने श्रमिकको हकमा रोजगारदाताले ऐन शुरु भएको मितिदेखि सञ्चय कोष रकम जम्मा गर्नुपर्ने उनले बताए । अरु कुनै कोषमा जम्मा गर्दै आएको भए सामाजिक सुरक्षा ऐन अनुसार सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्नुपर्ने उनले बताए ।


आवाज, सुजन जोजीजु, शाखा निरिक्षक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय विकु बचत तथा ऋण सहकारीको मानव संसाधन विभाग प्रमुख रामप्रसाद भुषालले राज्यले नै सामाजिक सुरक्षा कोष स्थापना गर्नु राम्रो काम भएको बताए ।
सामान्य मजदुर गरेर खाने व्यक्तिहरुलार्इ बुढेसकालमा चाहिने स्वास्थ्य उपचार लगायत विभिन्न सुरक्षा व्यवस्थाका लागि कोष महत्वपुर्ण रहने उनले विश्वास व्यक्त गरे ।
रोजगारदाताले प्रत्येक श्रमिकको आधारभुत पारिश्रमिकको आठ दशमलव ३३ प्रतिशत बराबरको रकम प्रत्येक महिना उत्पादन बापत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने उनले बताए ।
कोषमा जम्मा गर्न नसक्ने अवस्था भएमा त्यस बापतको रकम श्रमिकलार्इ भुक्तानि दिनुपर्ने छ । कार्यक्रममा बोष्टन कलेजका अध्यक्ष आनन्द चन्द, चितवन उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु पौडेल लगायतले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस