संविधान संशोधन हुन्छ, सरकारबाट बाहिरिने छैनौँ : मन्त्री यादव

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०७५, १८ : १५
संविधान संशोधन हुन्छ, सरकारबाट बाहिरिने छैनौँ : मन्त्री यादव


चितवन । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संशोधन हुने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री यादवले संसद सुरु भएसँगै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभयो । 
पत्रकारहरुसँग उहाँले संविधान संशोधन प्रक्रिया अघि बढ्छ, सरकारबाट  बाहिरिने अवस्था नआउने बताउनुभयो । उहाँले फरक प्रसङ्गमा भन्नुभयो, ‘स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्छ, यो सफल हुन्छ ।’ उहाँले पहिलो चरणमा भएर स्वास्थ्य बिमामा केही समस्याहरु देखिएका र यो चाँडै समाधान हुने बताउनुभयो । उहाँले हरेक नेपाली नागरिकले न्यूनतम स्वास्थ्य सुविधा पाउने बताउनुभयो । 
यसैबीच मन्त्री यादवले नेपाल औषधि उत्पादक संघको २४ औं साधारण सभाको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उहाँले बाहिरबाट आउने औषधिलाई निरुत्साहित गर्ने र स्वदेशी उत्पादन भएका औषधिलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी औषधिमा आत्मनिर्भर हुन खोजिरहेका छौँ, सरकार नीति निर्माणलाई अझ मजबुद बनाउनपर्छ भने बनाउन तयार छौँ ।’ मन्त्री यादवले विदेशी औषधि आयात गर्ने होइन, यहीँ उत्पादन गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस