झापाको दमकमा महालक्ष्मी विकास बैंकको शाखा उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०७५, १६ : ४८
झापाको दमकमा महालक्ष्मी विकास बैंकको शाखा उद्घाटन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बिहिबार झापा जिल्ला, दमक नगरपालिका वडा नम्बर ७, दमक बजारस्थित दमक शाखा कार्यालयको उद्घाटन गरेको छ । 

दमक शाखाको समुद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दीप प्रज्वलनका साथ गर्नु भएको थियो । शाखा उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उक्त अवसरमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्व साधारणहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो । 

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ८४ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस