वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले पोके तस्करी भएको आारोपमा महिलाहरुलाई कपाल समातेर लछार-पछार गरेर दुर्व्यवहार गरेका हुन् ।
तस्वीरमा सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार-पछार गरेको प्रष्ट देख्न सकिन्छ । त्यसक्रममा सशस्त्र प्रहरीले ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले सशस्त्र प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन् । गल्ती गर्ने दुई सशस्त्र प्रहरी जवानलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चिनी मिल पर्सामा पठाइएको उनले जानकारी दिए ।
उनले भने ‘शुरुमा पोके तस्करी गर्ने महिलाहरुसँग समान खोसाखोस भएको थियो, त्यसपछि उनीहरुले ढुंगामुढा गरेछन्’ ‘त्यसपछि आक्रोशमा प्रहरी जवानले गल्ती गरेछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०७५, १३ : ४९
लेखकबाट थप