एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, १८ : ४८
एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस