फोहोरमैला व्यवस्थापनको काममा अवरोध गर्ने कर्मचारीलाई कार्वाही : मेयर शाक्य

सफल खबर संवाददाता

सोमबार, ०३ मंसिर २०७५, १९ : २८
फोहोरमैला व्यवस्थापनको काममा अवरोध गर्ने कर्मचारीलाई कार्वाही : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभयो । 
आज काठमाडौंको टेकूस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धि प्रविधि परीक्षण कार्यक्रममा सहभागी हुनुभएका शाक्यले ४० लाख भन्दा बढी मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पु¥याउने जोकोहीलाई पनि कार्वाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत गराउनुभयो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भईरहेको जानकारी दिनुभयो । सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भईरहेको मेयर शाक्यको जानकारी दिनुभयो ।  
मेयर शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धि तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै संचारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रममा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य प्रतिकूल हुने खालका किटाणुलाई निषेध गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस