आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु

सफल खबर संवाददाता

सोमबार, ०३ मंसिर २०७५, १९ : ०९
आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु

काठमाडौँ । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेकोे छ । गृहमन्त्री रामबहादुर थापाले सोमबार पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचय पत्र दिएपछि राष्ट्रिय परिचय पत्र वितरण औपचारिकरुपमा सुरु भएको हो ।
सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्नुभएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताउनुभयो । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो । उहाँले देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाउन प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । 
समारोहमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ बाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुनु प्रदेशका लागि गर्वको विषय रहेको बताउनुभयो ।
सरकारले आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ  पाँचथरबाट शुभारम्भ गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस