नेपाल प्रहरीले संचालनमा ल्यायो ‘निःशुल्क एसएमएस सेवा’

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १९ : १८
नेपाल प्रहरीले संचालनमा ल्यायो ‘निःशुल्क एसएमएस सेवा’

काठमाडौँ । नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको छ । अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको हो । १३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार एक कार्यक्रमकबीच सो सेवाको शुभारम्भ गर्दै निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको पनि सुरुवात गर्नु परेको स्पष्ट पार्नु भयो । नेपाल प्रहरीको टोल फ्री नम्बर सयमा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो । निमित्त प्रहरी महानिरीक्षक कार्कीले सो सेवा निःशुल्क रुपमा उपलब्ध गराइ दिएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गर्नु भयो । उहाँले समाजमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रविधिको विकास र विस्तारमा विशेष जोड दिएको पनि उल्लेख गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस