देश विकासमा काँग्रेसले जति काम अरूले गरेको छैन : कृष्ण सिटौला

सफल खबर संवाददाता

बुधबार, १० पुस २०८१, १८ : ३७
देश विकासमा काँग्रेसले जति काम अरूले गरेको छैन : कृष्ण सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसले जति देश विकासमा काँग्रेसले जति अरूले नगरेको दाबी गरेका छन्। १०० दिने अभियान अन्तर्गत काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको बताए।

उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्यांकन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि काँग्रेसलेले जे जति काम गरेको छ अरु कुनै पनि पार्टीले त्यति काम गरेको छैन। यो त दाबाका साथ हामी भन्छौँ।’

निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याएको बताए।

उनले थपे, ‘संविधान सभाको कुरा २००७ सालमै काँग्रेसले उठाएको कुरा हो। पहिलो पटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए। त्यो काँग्रेसकै पहलमा भएको हो। तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई। पार्लियामेन्ट भंग भयो। फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे। दरबारिया व्यवस्था। त्यो विरुद्ध हामीले निरन्तर संघर्ष गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस