काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताएका छन् । नत्र, उनले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु उचित हुने सिटौलाको भनाइ छ ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सिटौलाले पूर्वराजामा सम्मान ग्रहण गर्दिनँ भन्ने आँट भए मात्रै राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सुहाउने बताए ।
सिटौलाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले हामीले दिएकै सम्मान ग्रहण गर्नु उचित हुन्छ, होइन भने उहाँ (पूर्वराजा)ले म राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । नीति कार्यक्रम यो यो हो भनेर दलहरूजस्तै प्रस्तुत हुन सक्नुपर्छ ।’
सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको भन्दै दलहरूमा दृढता नदेखिएको बताए । ‘राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भएको छ । त्यसमा परिवर्तनकारी राजनीतिक दलको जुन किसिमको दृढता हुनुपर्ने हो, त्यो देखिरहेको छैन,’ सिटौलाले भने । उनले परिवर्तन पक्षधरहरू एक भएर अगाडि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्णप्रसाद सिटौला
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला
पार्टी र नेता विशेषमा होइन, जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : कृष्णप्रसाद सिटौला
ओली प्रधानमन्त्री भए पनि नीतिगत निर्णय कांग्रेसले गरिरहेको छ : कृष्णप्रसाद सिटौला
देश विकासमा काँग्रेसले जति काम अरूले गरेको छैन : कृष्ण सिटौला
सरकारले कानुनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्यो : नेता सिटौला