काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
साथै शिक्षकका माग सम्बोधनका लागि पहल गर्न प्रतिपक्षी दलहरुसँग सहकार्य गर्ने, शिक्षा ऐन र संघीय निजामती सेवा ऐन जारी गरी संघीयता कार्यान्वयनमा पहलकदमी लिने लगायतका निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
साथै जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटनाको भर्त्सना गर्ने, वैशाख १२ को भूकम्पको स्मरणमा गोरखाको बारपाकमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने र तराई मधेश जागर अभियान वैशाख १७ गते समापनन गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
यी निर्णयको जानकारी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र