‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने

सफल खबर संवाददाता

विहीबार, ११ बैशाख २०८२, १० : ५२
‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ ।

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख १७ गते कञ्चनपुर पुगेर जागरण अभियान सकिने बताएका हुन् ।

हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते सुरु भएको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको अयो अभियान दुई महिना पछि सकिन लागेको हो ।