बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबै क्षेत्रमा श्रेष्ठता हासिल गर्नका लागि विदेश जाने सपना त्याग्नुपर्ने बताएका छन् ।
न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रले श्रेष्ठता हासिल गर्न सके विदेश जाने सपना देख्नै नपर्ने बताए ।
'म विद्यार्थीहरूलाई भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैन,' उनले भने, 'आफ्नै देशको भूमिमा अवसरहरूको सृजना गर्न, नवप्रवर्तनका क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरू छन् । देशलाई तपाईंहरूको योगदानको खाँचो छ ।'
लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको छ : मुख्यमन्त्री आचार्य
रुपन्देहीमा मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य
वातावरणीय सन्तुलन कायम राख्न सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ढिलो गर्ने छुट छैन : मुख्यमन्त्री आचार्य