बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बाँकेमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ठुला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताएका हुन ।
मुख्यमन्त्री आचार्यले योजनाहरू छरेर भन्दा परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको बताए । उनले आगामी वर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताए ।
उनले योजना छनौटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेल क्षेत्रले देशलाई चिनाएको छः मुख्यमन्त्री आचार्य
गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य
विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा
मुलुकको समृद्धिका लागि विदेश जाने सपना त्याग्न मुख्यमन्त्री आचार्यको आग्रह
रुपन्देहीमा मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन