राज्य व्यवस्था समितिका सभापतिसहित कांग्रेस नेताहरु आन्तरिक छलफलमा

सफल खबर संवाददाता

विहीबार, १८ पुस २०८१, १२ : ०८
राज्य व्यवस्था समितिका सभापतिसहित कांग्रेस नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनबारे छलफल हुनु अगाडि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा बसेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियार छलफलमा बसिरहेका हुन् ।

आज राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वकोउपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुँदै छ ।

उपसमितिले भ्रष्टाचार मुद्दामा हदम्याद हटाउने, मुद्दा लाग्नेवित्तिकै राष्ट्रसेवक कर्मचारी स्वतः निलम्बित नहुने, मन्त्रिपरिषद बैठकका नीतिगत निर्णय बाहेकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न सक्ने व्यवस्था सहितको प्रतिवेदन बुझाएको छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले चासो व्यक्त गर्दै आएका छन् ।

यसैबीच आजै नेकपा एमाले र कांग्रेसले गठन गरेका दुई दलीय संयन्त्र र फोकल पर्सन तोकिएका नेताहरुको संयुक्त बैठक बस्ने तयारी समेत छ ।

प्रतिक्रिया दिनुहोस