एजेन्सी । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो ।
भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए ।
त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले ४७ रनमा १११ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सूर्यकुमार यादवले ३५ ब्व्ल्मा ७५, हार्दिक पाण्डेयले १८ बलमा ४७, रियान परागले१३ बलमा ३४ रन बनाएका थिए ।
यो जितपछि भारतले तीन खेलको सिरिज ३-० ले जितेको छ । यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने बने सिरिजमा प्लेयर अफ द सिरिज हार्दिक पाण्डेय बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ असोज २०८१, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
नेपालले अमेरिकासँग ३ खेलको टी-२० सिरिज खेल्ने
बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदै
वर्षाले नेपाल र हङकङको खेल रद्द