हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०८१, १३ : ४४
हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काठमाडौँ  । कैलालीमा हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ अमौरामा आज सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले ठक्कर दिँदा साइकलमा सवार जानकी गाउँपालिका वडा नम्बर ५ की ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको हो ।

साइकल चलाइरहेका मृतकका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिए। उनका अनुसार घाइते बडुवालको नेपालगञ्जमा उपचार भइरहेको छ ।

टीकापुरबाट लम्कीतर्फ गइरहेको हाइस गाडीले साइकलमा लम्कीतर्फै गइरहेका दम्पत्तीलाई ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ। गाडीलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

 

प्रतिक्रिया दिनुहोस