म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, १३ : १८
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म  संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् । पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए ।

उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको पनि दाबी गरे ।  ‘म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि....’, उनले भने।  भारतबाट पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार काठमाडौँ ल्याएको छ । यद्यपि प्रहरीले उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ।