काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।
त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ ।
उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ । ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्याइयो
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ