काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।
उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ ।
अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।
प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्याइयो
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ