काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा पक्राउ पूर्जी काट्ने 'रिति र थिति' के थियो भन्दै प्रश्न गरेका छन् ।
अदालतको आदेशपछि रविलाई राति नै घरमा पुगेर पक्राउ गरिएको विषयलाई लिएर रास्वपाका नेताहरूले विरोध गरिरहेका बेला पोखरेलले यस्तो प्रश्न गरेका हुन् ।
लामिछाने गृहमन्त्री हुँदा ‘रिति र थिति’ कस्तो थियो स्मरण गर्न उनले रास्वपाका नेताहरूलाई आग्रह गरेका छन् । उनले सुधारको खोजी यस्तै बेलामा हुने तर्कसमेत गरेका छन् ।‘प्रहरीको पूर्जी काट्ने 'रीति र थिति' रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरूलाई 'थाहा' नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि ! ?’ पोखरेलले फेसबुकमा लेखेका छन् ।
अदालतको आदेशपछि रविलाई शुक्रबार राति निवासबाटै पक्राउ गरिएको थियो । उनलाई आजै रुपन्देही लगिँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले संसदीय दलको बैठक जारी
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन