बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, ०९ : २६
बुटवलमा आज एमालेको जागरणसभा,  प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने

बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन् । नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल आउने भएका हुन् । 

राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवललाई छानिएको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए  ।

रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई सम्बोधन गर्न  प्रधानमन्त्री ओली, अर्थ  मन्त्री  विष्णु पौडेल लगायतका एमालेका शीर्ष नेताहरू आउँदै छन् ।

बुटवल सभा पूर्व  युवा सङ्घले रुपन्देहीमा मोटरसाईल  र्याल निकाल्ने तयारी गरेको छ ।  रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट एमालेका कार्यकर्ता जागरण सभा सहभागी हुन आउँदै   छन्। प्रधानमन्त्रीको सचिवालयले दिउँसो १ बजे ओली बुटवल आउने जनाएको  छ।

प्रतिक्रिया दिनुहोस