काठमाडौँ । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको रास्कोट नगरपालिका-८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ ।
रास्कोट नगरपालिका-८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
माओवादीद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध
सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध