हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०८१, १३ : ३८
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख राम औंतार चौधरीको अनुसार सडकमा हिउँ परेसँगै सवारी साधनहरूको आवागमनमा समस्या भएको छ । विहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएको चौधरीले जानकारी दिए । बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस