काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सोमबार बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका छन् ।
पार्टी कार्यालय पुगेसँगै उनले त्यहाँ रहेको घण्टी बजाएका थिए । घण्टी रास्वपाको चुनाव चिह्न हो । उनी पार्टी कार्यालयमा अन्य नेताहरुसँगै पुग्दा कार्यकर्ताहरुले रवि दाइ हाइ हाइलगायतका नारा लगाएका थिए । सो क्रममा उनले समर्थकलाई अभिवादन गरेका थिए ।
सहकारी ठगी प्रकरणमा मुछिएसँगै उनी पार्टी गतिविधिबाट बाहिर थिए । अहिले पनि मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी पार्टी राजनीतिमा फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा