सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चामा आबद्ध दलहरुबीच पार्टी एकता संयोजन समिति गठनतर्फ गृहकार्य भइरहेको बताएका छन् ।शुक्रवार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै महासचिव गुरुङले जसपा विभाजन भए पनि मोर्चामा फरक नपर्ने बताए ।
गुरुङले भने–ढिलोचाँडो समाजावादी मोर्चाबाट पार्टी एकताको दिशामा हामी अघि बढ्छौं । पार्टी एकता संयोजन समिति बनाउनेतर्फ गृहकार्य भइरहेको छ । समाजवमादी मोर्चामा भएका घटकमात्र होइन बाबुराम भट्टराईजीको पार्टी विभाजित भएको छ । महेन्द्र राय यादवजीलगायत साथीहरु पार्टी एकताकै लागि तयार हुनुहुनछ । त्यसैले हामी समाजवादी मोर्चाबाट पार्टी उकताको दिशातर्फ एक स्टेप अघि बढ्ने सम्भावना छ ।
समाजवादी मोर्चामा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जसपा र विप्लव नेतृत्वको नेकपा एस आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूको माग सम्बोधन नगरी संसद् बन्द गर्नु निरंकुशताको पराकाष्ठा : देव गुरुङ
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ
टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
मध्यरात कांग्रेस–एमालेबीच भएको सम्झौता पश्चगामी : देव गुरुङ