धनगढी । डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ। सिलगढी नगरपालिका–१ तिखामा दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खसेर ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको छ।
प्रहरीका अनुसार बोहरा सोही जीपका धनी थिए। आदर्श गाउँपालिका–२ कुचेडाका बासिन्दा बोहरा जीपको पछाडिको ढालामा बसेका बेला सडकमा खसेका थिए।
दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबिच, प्रहरीका अनुसार जीप र चालक बिराज भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। चालक भट्ट आदर्श गाउँपालिका–३ नुवाकोटका २३ वर्षीय युवक हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
भिरबाट लडेर २ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु