काठमाडौँ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
कटारी नगरपालिका–४ खानेपानी ट्याङ्की नजिकबाट ३५.८५० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित सोही नगरपालिका–५ का २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको आहालेबाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २(०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिइएको हो ।
श्रेष्ठलाई इलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ