काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादा विपरीत भएको बताएका छन् । प्रतिनिधि सभाको आजका बैठकमा उनले यस विषयमा प्रतिपक्षी सांसदलाई जिम्मेवार बन्न आग्रह गरे ।
“हाम्रो संसदीय प्रणालीमा संसद् सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधिहरू छन्, उक्त विधि बमोजिम देशको प्रधानमन्त्री बोल्दै गर्दा बीचमा उभिने र प्रश्न गर्ने कुरा तथा प्रधानमन्त्री बोलिसकेपछि सवाल जवाफ गर्ने कुरा संसदको कुनै नियमावलीले व्यक्त गर्दैन, त्यसैले आज जे भएको छ, त्यो गलत भएको छ”, उनले भने ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसद ज्ञानेन्द्रबहादुर शाहीले आपत्ति जनाउँदै प्रश्न उठाएका थिए । उक्त विषय संसदीय मर्यादा विपरीत भएको महामन्त्री शर्माको भनाइ थियो ।
उनले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको घटनाको निन्दा गर्दै उक्त घटनाका सम्बन्धमा सम्पूर्ण राजनीतिक दलले दुःख व्यक्त गर्दा पूर्वराजाले कुनै चासो नदेखाएको बताए ।
महामन्त्री शर्माले भने “सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वभाविक रूपमा हिंसाका घटना हुन्छन्, नेपाली काँग्रेसले इतिहासको कुनै कालखण्डमा हिंसात्मक संघर्षको नेतृत्व गरेको थियो । उक्त विषयमा विपी कोइरालाले अदालतमा बयान दिने क्रममा म प्रत्यक्ष रूपमा सहभागी नभए पछि जिम्मेवारी लिन्छु भन्नुभएको थियो, अहिले तीनकुनेको घटनामा पूर्वराजाले दुःख समेत व्यक्त गरेनन् ।”
महामन्त्री शर्माले राजाले पटक-पटक संविधान र लोकतन्त्रमाथि धावा बोलेपछि नेपाली जनताले गणतन्त्रको विगुल फुकेको बताए “नागरिकमा कैयौँ असन्तुष्टि होलान्, तर त्यसको विकल्प समाधान हो राजा होइन”, उनले भने । उनले गणतन्त्रको विकल्प खोज्ने होइन यसलाई सुधार गरेर अगाडि बढ्ने हो भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा
पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा
समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा
मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयो : महामन्त्री शर्मा
अब काँग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा