काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन ०८४ को निर्वाचनअगावै हुने बताएका छन्। कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
'पार्टीको महाधिवेशन ०८४ भन्दा अगाडि हामीले गर्ने हो। संविधान त्यही भन्छ, पार्टी विधान त्यही भन्छ। कतिपय आदरणीय नेताहरूले ०८४ को निर्वाचनपछि उपयुक्त हुन्छ भन्नुहुन्छ, निश्चय नै हो। तर, हामीले विधानअनुसार नै गर्ने हो,"उनले भने।
पार्टी सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरूले भने पार्टी महाधिवेशन ०८४ को संसदीय निर्वाचनपछि उपयुक्त हुने धारणा राख्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा
समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा
मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयो : महामन्त्री शर्मा
अब काँग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा