समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १९ : ४९
समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा

ललितपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।

नेपाली काँग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा आज काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रूप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रूपान्तरणको विषय महत्त्वपूर्ण भएको बताए।

प्रतिक्रिया दिनुहोस