दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०८१, १३ : ५५
दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ ।

यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् । ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन । म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । म सुरक्षित मात्र भएर जन्मेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’