काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । राप्रपा मुख्यालयमा जारी बैठकमा शुक्रबारको राजावादी आन्दोलनमा भएको हिंसात्मक घटना र त्यसमा पार्टीका कतिपय नेता जोडिएको विषयमा छलफल केन्द्रित रहेको राप्रपाका एक नेताले बताए ।
राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ ।
त्यसैले राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरूको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न लागेको हो । मिश्र र राणालाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरिसकेको छ । राप्रपा वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले शनिबार बिहान थुनामा रहेका मिश्र र राणालाई भेटेका थिए ।
राप्रपा नेताहरूले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरूमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् ।
तर, भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए ।
पूर्वराजासँग समझदारी समयमै नगरे बंगलादेश, सिरिया र श्रीलंकाको नतिजा भोग्नसमेत राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले धम्की दिएका थिए । शुक्रबार प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि महामन्त्री राणाले पनि उत्तेजित भिडलाई अघि बढ्न पटकपटक उक्साएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र र धवलशमशेरलाई रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
राप्रपा र राप्रपा नेपालको नेता अब दुर्गा प्रसाईं !
कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको प्रदर्शन
राप्रपाले आज जनकपुरमा खबरदारी सभा गर्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै