कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १४ : ०२
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । राजावादीको शुक्रबारको अराजक र हिंस्रक गतिविधिपछि छलफल गर्न देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठक शनिबार दिउँसो साढे ४ बजे देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेगरी बोलाइएको छ । राजसंस्था पुनर्स्थापनाका लागि राजावादीले शुक्रबार काठमाडौंको तीनकुने आपसमा अराजकतापूर्ण गतिविधि गरेका थिए । 

जसमा दुई जनाको ज्यान जानुको साथै धेरै घर, कार्यालय, व्यापारिक केन्द्रमा क्षति भएको थियो । शुक्रबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लुटपाट र तोडफोडको घटनाको भर्त्सना गरेका थिए ।