काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताएका छन् ।
गिरिजापुत्री सुजाता कोइरालाले लेखेको म र सानोबुबा नामक कितावको विमोचन गर्न आज काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले गिरिजाले आफूले फुटालेको पार्टी एकीकरणको प्रस्ताव नराखेको भए आफू कांग्रेसको सभापति बन्न नसक्ने बताए ।
उनले भने, ‘म पार्टी सभापति हुन गिरिजाबाबुको ठूलो योगदान छ । म पार्टी फोडेर हिडेको मान्छेलाई पार्टीमा फेरि मिलौ नभनेको भए म कांग्रेसका सभापति हुने थिइन् होला। बोलाएर भनेपछि हामीले पार्टी एकीकरण गर्यौ । र, अहिले सभापति बन्न पाए ।
देउवाले आफ्नो र गिरिजाको सम्बन्धमा धेरै उतारचढाव रहेको पनि बताए । कोइराला र म बीच धेरै उतारचढाव छन् । कोइरालाले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोले । फेरि मिलौ भन्नुभयो मिल्यौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द