काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईँलाई दिइएको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईँलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।
प्रसाईँकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौँमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौँ प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ ।उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।
सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् । दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्यान मार्ने उद्योगमा दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो