काठमाडौं । देशभरका कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको चुनाव यही चैत २३ गते हुदैछ । देशभरका ९ हजार ९ सय ९७ जना वकिलहरुले मतदान गर्ने बारको यसपटकको चुनाव सरकार भर्सेज वकिलहरुको चुनाव जस्तो हुन पुगेको छ ।
कांग्रेस एमालेको गठबन्धन सरकारले विजय मिश्रको नेतृत्वमा टिम बनाएका छन् भने अन्य वकिलहरुले पूर्व महासचिव रमणकुमार श्रेष्ठको नेतृत्वमा अलग्गै टिम बनाएका छन् । मिश्र नेतृत्वको टिमलाई बालुवाटारबाट सरकारले टिकट दिएको र रमण श्रेष्ठ नेतृत्वको टिमलाई आम वकिलहरुको तर्फबाट साझा उम्मेदवार रहेको चचर्चा अहिले कानुन ब्यवसायीहरुका बीचमा छ ।
सधैजसो बार प्रतिपक्षी भूमिकामा रहनुपर्ने र त्यही अनुसारको नेतृत्व क्षमता देखाउन सक्ने नेता वकिलहरुले खोज्ने भएकाले पनि बालुवाटारले रोज्ने र खोजेको नेताको हविगत कमजोर हुन थालेको छ ।
खासगरी रमण श्रेष्ठको नेतृत्वको टिममा कांग्रेस र एमाले निकटकै वकिलहरु पनि समाविष्ट भएको र चुनावी कमाण्डमै पनि कांग्रेस एमालेकै नेताहरु खुलेर लाग्न थालेपछि अब चुनावमा श्रेष्ठको जित करिव नजिक रहेको विश्लेषण वकिलहरुका बीचमा हुन थालेको छ ।
रमणले अध्यक्ष निर्वाचित भए न्यायाधीशहरूले गर्ने फैसलाको ‘जुरीम्याट्रिक स्टडी’ गरेर बारले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता चुनावी घोषणापत्र मार्फत सार्वजनिक गरेपछि वकिलहरुका बीचमा श्रेष्ठको कार्ययोजना अब्बल रहेको टिप्पणी भईरहेको छ ।
न्यायालय सुधार, बलियो बार र वकिलहरूको क्षमता अभिवृद्धि, हकहितसँगै अधिकारको पक्षमा लड्न पनि बार अध्यक्षमा रमण उपयुक्त पात्र भएको वकिलहरु चर्चा गर्न थालेका छन् ।
श्रेष्ठ लोभलालचामा नलाग्ने र आफुलाई लागेको कुरा स्वतन्त्र रुपमा बोल्न सक्ने प्रतिपक्षी चरित्रको नेता भएकोले पनि श्रेष्ठ बारका लागि आवश्यक पात्र भएको वकिलहरु बताउँछन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार आन्दोलित हुँदा श्रेष्ठलाई बोलाएर न्यायाधीश बन्न र आन्दोलन नगर्न भनेपनि श्रेष्ठले त्यसलाई अश्वीकार गरेर चोलेन्द्रको मनमौजीका विरुद्ध आन्दोलित भएका थिए ।
महान्यायाधिवक्ता हुँदा पनि उनले सरकारका गलत दवावका विरुद्ध समेत उनले विद्रोह गर्ने गरेका थिए ।
रमणको खुल्ला र प्रष्ट वक्ताका कारण पनि उनलाई अहिले बार हाक्नसक्ने अब्बल उम्मेदवारका रुपमा वकिलहरुले लिएका छन् । जसकाकारण पनि दिनानुदिन उनको पक्षमा वकिलहरु खुल्न थालेका छन् ।
रमणको टिममा कांग्रेस, एमालेका वकिलहरु पनि सम्मिलित भएको र बालुवाटारले छान्ने उम्मेदवार अश्वीकार गरेपछि रमणजित नजिक रहेको वकिलहरुका बीचमा चर्चा छ ।
रमणलाई क कसको साथ ?
सधै प्रतिपक्षी भूमिकामा रहनुपर्ने नागरिक अगुवा संगठन नेपाल बार एसोसियसनमा नेतृत्व प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेर छानेपछि कांग्रेस एमालेका वकिलहरुका बीचमा ठूलै विद्रोह भएको छ । कांग्रेस निकट डिएलएलाई आफनो उम्मेदवार छान्न समेत नदिई बालुवाटारले सिधै विजय मिश्रलाई उम्मेदवार छानेपछि अधिकांश डिएलएका वकिलहरु रमण श्रेष्ठको पक्षमा खुलेर लागेका छन् ।
रमणकै टिममा उपाध्यक्षमा डिएलएका डिना श्रेष्ठ बसेर उम्मेदवार नै भएकी छिन् । पूर्व अध्यक्ष तथा हक्कि स्वभावका वरिष्ठ अधिवक्ता शम्भु थापा रमण श्रेष्ठको प्रस्तावक तथा निर्वाचन परिचालन कमिटिको संयोजक बनेका छन् । अर्का वरिष्ठ अधिवक्ता सुशिल पन्त रमण श्रेष्ठको उम्मेदवारीको समर्थक बसेका छन् ।
डिएलएकी डिना श्रेष्ठ त रमणको टिममा उपाध्यक्ष नै भएर चुनाव लड्की छिन् । कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका महासमिति सदस्य अधिवक्ता रामलाल श्रेष्ठ समेत रमण श्रेष्ठको चुनावी प्रचारमा हिडिरहेका छन् ।
श्रेष्ठको टिममा श्याम प्रसाद खरेल सल्लाहकार समुहको संयोजकका रुपमा खटिएका छन् । पूराना र पाका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी श्रेष्ठको निर्वाचन टिमको संरक्षक बसेका छन् ।
‘राजनीति भन्दा माथी उठेर काम गर्नुपर्ने बेला आयो । बारलाई त्यसरी चलाउनु पर्ने बेला आयो । त्यही कारण पनि बारमा रमण श्रेष्ठको नेतृत्व अहिले आवश्यकता देखियो,’ भण्डारी भन्छन् ।
वरिष्ठ अधिवक्ताहरु बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी जस्ता वकिलहरु पनि रमण श्रेष्ठको पक्षमा खुलेरै लागेका छन् । त्यसका अतिरिक्त भीमार्जुन आचार्य, माधव बस्नेतजस्ता स्वतन्त्र वकिलहरुले पनि रमणलाई चुनावमा साथ दिने घोषणा गरेका छन् ।
रमण पनि अहिले चुनाव जित्नेमा आशावादी र उत्सहित देखिएका छन् । ‘डिएलएको सस्थापक सदस्य मेरो टिमको सल्लाहकार हुनुहुन्छ, मेरो टिममा सबै आस्था विचार बोक्ने वकिलहरु हुनुहुन्छ । तपाईले जो खोजे पनि मेरो टिममा पाउनुहुन्छ । डिएलए खोजेपनि मै सँग छ, पिपिएलए खोजेपनि मै सँग छ , आरपिएलए खोजेपनि मै सँग छ, रास्वपा खोजेपनि मै सँग छ, सबै सबै मैसँग देख्नुहुन्छ,’ रमण भन्छन् ।
वकिलहरुका बीचमा पनि यसपटक रमणले चुनाव जित्दा वकिलले जित्ने र विजय मिश्रले जिते सरकारले जित्ने भएकोले वकिलले वलिकलाई जिताउनु पर्ने मत बलियो बन्दै गएको छ । ‘यसपटक तपाईहरु विचारबाट माथी उठनुहोला, संगठन पछि पनि बनाउन सकिन्छ, संगठन भत्केपनि बनाउन सकिन्छ, तर बार भत्केपछि बनाउन सकिन्न । न्यायलाय भत्केपछि बनाउन सकिन्न । आज न्यायलयको पर्फमेन्स तपाईहरुले हेर्नुहोस । ५ जना न्यायाधिसले गरेको निर्णय एक जना न्यायाधिसले कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिने काम भएको छ, यसको अध्ययन छैन । ५ जना न्यायाधिस रहेको सम्वैधानिक इजालसले गरेको निर्णयलाई कार्यान्वयन नगर भनेर एक जना न्यायाधिसले अन्तरिम आदेश दिएको छ । न्यायालय यो अवस्थामा छ ।’ अध्यक्षका उम्मेदवार श्रेष्ठ भन्छन्, ‘कस्ता आदेश भएको छ, त्यो खालको अध्ययन गर्नेपर्छ , त्यो म गर्छु । मेरै संयोजकत्वमा गर्छु ।’
अहिले बार छ कि छैनको अवस्थामा रहेकाले न्यायालय भ्रष्टाचारको अखडा बनेको जनगुनासो आईरहेको बेला रमणलाई बारले खोजेको बरिष्ठ अधिवक्ताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, ०९ : ०५
लेखकबाट थप