स्ववियु निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०८१, १० : ४३
स्ववियु निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेतापनि २ घण्टा ढिलो मतदान सुरु गरिएको निर्वाचन प्रमुख दिलीप सिंहले बताए । उनका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेकोले बिहानदेखि नै मतदानको कार्यक्रम राखिएको छ । ९ वटा मतदान स्थलबाट मतदान सुरु भएको छ ।

लगभग १६ वर्ष पछाडि ठाकुरराम क्याम्पसमा निर्वाचन हुँदै छ ।  त्यसकारण यो पटकको निर्वाचनमा धेरै उत्साह देखिएको छ । स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।

ठाकुरराम क्याम्पसमा आज हुने निर्वाचनमा १० हजार ७ सय २९ मतदाताले भाग लिँदै छन् ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा  स्ववियु निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस